बलात्कार आरोपबाट सफाई पाएका मेसन ग्रीनवुडले म्यानचेस्टर युनाइटेड छाड्ने
काठमाडौँ- म्यानचेस्टर युनाइटेडका फरवार्ड मेसन ग्रीनवुडले क्लब छाड्ने भएका छन् । उनले पहिलो टिममा डेब्यू गरेको ५ वर्ष पछि क्लब छाड्न लागेका हुन् ।
युनाइटेडले गरेको ६ महिनाको आन्तरिक अनुसन्धानपछि ग्रीनवुड र युनाइटेडबिच सहमतिमा २१ वर्षीयले क्लब छाड्ने बीबीसीले जनाएको छ ।
गत फेब्रुअरीमा बलात्कार प्रयास र आक्रमण लगायतका आरोपहरू खारेज भएपछि युनाइटेडले आन्तरिक अनुसन्धान गरेको थियो ।
ग्रीनवुडले एक विज्ञप्ति जारी गर्दै भने, 'आजको निर्णय म्यानचेस्टर युनाइटेड, मेरो परिवार र म बीचको सहयोगात्मक प्रक्रियाको एक भाग हो । हामी सबैको लागि उत्तम निर्णय भनेको ओल्ड ट्राफोर्डबाट टाढा मेरो फुटबल करियर जारी राख्नु हो ।'
ग्रीनवुडले युनाइटेडका लागि १२९ खेलमा ३५ गोल गरेका छन् । उनले जनवरीदेखि युनाइटेडका लागि कुनै खेल खेलेका थिएनन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया