फुटबल

खेलाडीको ओठमा चुम्बन गरेका स्पेनिस एफएका अध्यक्ष लुइसले राजीनामा नदिने

इकागज |
भदौ ८, २०८० शुक्रबार १६:१२ बजे

काठमाडौँ-फिफा महिला विश्वकप फुबटलका क्रममा देखाएको व्यवहारका कारण आलोचित बनेका स्पेनिस फुटबल एसोसियसनका अध्यक्ष लुइस रुवियल्सले पदबाट राजीनामा नदिने भएका छन् । लुइसले शुक्रबार राजीनामा नदिने घाेषणा गरेकाे स्काई स्पोर्टसले जनाएको छ ।

अस्ट्रेलियामा भएको फिफा महिला विश्वकप फाइनलमा स्पेनले इंग्ल्यान्डलाई पराजित गर्दा लुइसले आफ्ना खेलाडी जेनी हर्मोसोको ओठमा चुम्बन गरेका थिए ।


जेनीले सुरुवातमा लुइसको कार्य आफूलाई मन नपरेको बताएपनि पछि लुइसको वचाउ गरेकी थिइन् ।

लुइसले उक्त कार्यका लागि माफी पनि मागेका थिए ।

तर स्पेनको प्रधानमन्त्री पेड्रो सान्चेजसहित अन्य मन्त्री तथा पदाधिकारीहरुले उनको आलोचना गर्नुका साथै पदबाट राजीनामा मागेका थिए ।

यता फिफाले लुइसविरुद्ध फिफाको नियमअनुसार कारवाहीको प्रकृया अघि बढाएको बीबीसीले जनाएको छ ।


Author

थप समाचार
x