फिफा महिला विश्वकप चुम्बन प्रकरण
चुम्बनका लागि सहमति नरहेको जेनीको भनाइ, लुइसले राजीनामा नदिए ८१ खेलाडीले नखेल्ने
काठमाडौँ- फिफा महिला विश्वकप फुटबलका क्रममा स्पेनिस फुटबल एसोसियसनका अध्यक्ष लुइस रुवियल्सले आफ्नो सहमति नलिएरै ओठमा चुम्बन गरेको जेनी हर्मोसोले बताएकी छन् ।
अस्ट्रेलियामा सम्पन्न फाइनलका क्रममा स्पेनले इंग्ल्यान्डलाई हराउँदै विश्वकपको उपाधि स्पेनले जित्दा लुइसले जेनीको ओठमा चुम्बन गरेका थिए ।
तर जेनीले लुइसको उक्त कार्यका लागि आफ्नो सहमति नभएको बताएकी बीबीसीले उल्लेख गरेको छ ।
उक्त घटनालाई लिएर लुइसको चौतर्फी आलोचना हुनुका साथै उनको राजीनामा माग पनि बढ्दै गएको छ । तर लुइसले भने राजीनामा नदिने अडान लिएका छन् ।
यसैबीच, स्पेनका ८१ जना खेलाडीले लुइसले पदबाट राजीनामा नदिएसम्म नखेल्ने चेतावनी दिएका छन् ।
यता स्पेनको सरकारले पनि ४६ वर्षीय लुइसविरुद्धको कारवाही प्रकृया अघि बढाएको छ । फिफाले पनि अनुसासनको कारवाहीको प्रकृया सुरु गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया