'चुम्बन विवाद'मा फिफाद्धारा स्पेनका फुटबल प्रमुख निलम्बनमा
सिड्नी- फिफाले आफनो महिला खेलाडीलाई चुम्बन गर्ने स्पेनिस अध्यक्षलाई निलम्बन गरेको छ ।
महिला विश्वकप विजेता जेनी हर्मोसोसँग चुम्बन गरेकोमा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसलाई निलम्बन गरेको हो ।
सिएनएनका अनुसार अब उनलाई ‘फुटबलसँग सम्बन्धित सबै गतिविधिहरू’बाट अस्थायी रूपमा फिफाले निलम्बन गरेको जानकारी दिएको छ ।
हर्मोसो, उनका सहकर्मी र स्पेन सरकारको कडा आलोचना पछि उनलाई निलम्बन गरिएको हो । स्पेनले पहिलो पटक टूर्नामेंट जितेपछि गत आइतबार रुबियालेसले खेलाडी हर्मोसोलाई ओठमा चुम्बन गरेका थिए ।
हर्मोसोले चुम्बन अवांछित भएको र रुबियालेस अध्यक्ष रहँदासम्म खेल्न अस्वीकार गरेको बताउँदै आएकी थिइन । तर, रुबियालेसले चुम्बन सहमतिमा भएको दावी गर्दै आएका छिन ।
विश्व फुटबलको सञ्चालक निकाय फिफाले रुबियालेसलाई सुरुमा ९० दिनको लागि निलम्बन गरिएको छ । रुबियल्स र स्पेनिस फुटबल महासंघलाई हर्मोसोलाई सम्पर्क गर्न प्रतिबन्ध लगाएको छ ।
बिहीबारबाट सुरु भएको अनुशासनात्मक कारबाही सकिएपछि थप जानकारी दिइने फिफाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया