फुटबल

लगातार ९ खेल जितेपछि १० औँ खेलमा मेस्सीको मियामी बराबरीमा रोकियो

इकागज |
भदौ १४, २०८० बिहीबार १२:५५ बजे

काठमाडौँ- अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी आबद्ध इन्टर मायमी नौँ खेल लगातार जितेपछि दसौँ खेलमा बराबरीमा रोकिएको छ । अमेरिकी क्लब इन्टर मियामी र न्यासभिल एससीले बराबरी खेलेपछि मेस्सीले इन्टर मियामीका लागि दसौँ खेलमा जित निकाल्न नसकेका हुन् । 

बिहीबार बिहान भएको खेलमा मियामी र न्यासभिल एससीले गोलरहित बराबरीमा खेलेको हो । मेस्सीले मियामीमा आबद्ध भएपछि पहिलो पटक गोल र असिस्ट गर्न नसकेका हुन् । 


बराबरीमा रोकिएको मियामी तालिकको १४ औँ स्थानमा एथावत छ । उसको २४ खेलमा २२ अंक रहेको छ ।

मियामीले अब सोमबार बिहान लस एन्जलस फुटबल क्लबसँग खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x