हालान्डको ह्याट्रिकमा सिटी विजयी, चेल्सीले भोग्यो दोस्रो हार
काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत अर्लिङ हालान्डको ह्याट्रिकको मदतमा साविक विजेता म्यानचेस्टर सिटीले फुलह्याममाथि शानदार जित हात पारेको छ ।
आइतबार राति भएको खेलमा सिटीले फुलह्यामलाई ५-१ गोलअन्तरले पराजित गर्यो । सिटीको जितमा हालान्डले ह्याट्रिक पूरा गर्दा जुलियन अल्भारेज र नाथन आकेले एक-एक गोल गरे । फुलह्यामका लागि टिम रिमले एक गोल फर्काए ।
यससँगै सिटीले जारी लिगमा लगातार चार जित हात पारेको छ । फुलह्यामको भने यो दोस्रो पराजय हो ।
यता चेल्सी भने नटिङ्घम फरेस्टसँग १-० को पराजय भोगेको छ । फरेस्टको जितमा एकमात्र गोल एन्थोनी इलाङ्गाले गरे ।
चार खेलमा फरेस्टले दोस्रो जित हात पार्दा चेल्सीको भने दोस्रो पराजय हो ।
अन्य खेलमा टोटेनहमले बर्नलीलाई ५-२ तथा ब्राइटनले न्यूकासललाई ३-१ ले हरायो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया