मेस्सीसँगै आफूले पीएसजीमा निकै कठिन समय बिताएको नेयमारको भनाइ
काठमाडौँ- ब्राजिलियन खेलाडी नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आफ्ना साथी लियोनल मेस्सीसँगै कठिन समय बिताएको बताएका छन् ।
ग्लोबो एस्पोर्टेसँगको अन्तर्वार्ताका क्रममा मेस्सीसँगै आफूले पीएसजीमा नरकीय जीवन बिताएको नेयमारले दाबी गरेका हुन् ।
'म मेस्सीको लागि धेरै खुसी भए पनि तर त्यही समयमा धेरै दुखी पनि थिए किनभने मैले सिक्काका दुवै पाटा देखेको थिएँ । मेस्सीसँगै मैले पनि पीएसजीमा नरकीय जीवन बिताएँ,' उनले थपे ।
पीएसजीमा ६ वर्ष बिताएपछि नेयमार गत अगस्टमा साउदी अरेबियन क्लब अल-हिलालमा अनुबन्ध भएका थिए ।
मेस्सी पनि गत जुलाईमा पीएसजी छाडेर अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया