चुम्बन विवादबीच स्पेनलाई विश्वकपको उपाधि दिलाएका प्रशिक्षक भिल्डा बर्खास्त
काठमाडौँ- स्पेनिस फुटबल एसोसियसनले स्पेनलाई फिफा महिला विश्वकप फुटबलको उपाधि दिलाएका मुख्य प्रशिक्षक जोर्ग भिल्डालाई बर्खास्त गरेको छ ।
अस्ट्रेलियामा सम्पन्न फाइनलमा इंग्ल्यान्डलाई पराजित गरेपछि स्पेनिस फुटबल एसोसियसनका अध्यक्ष लुइस रुवियल्सले आफ्नै खेलाडीको ओठमा चुम्बन गरेपछि उत्पन्न विवादकाबीच मुख्य प्रशिक्षकलाई बर्खास्त गरिएको बीबीसीले उल्लेख गरेको छ ।
मोन्ट्से टोमलाई अन्तिम प्रशिक्षक नियुक्त गरिएको छ । स्पेनिस महिला फुटबल टिमको प्रशिक्षकमा नियुक्त हुने उनी पहिलो महिला बनेकी छन् ।
स्पेनले विश्वकपको उपाधि जितेपछि लुइसले आफ्ना खेलाडी जेनी हर्मोसोको ओठमा चुम्बन गरेका थिए ।
विवादकाबीच मुख्य प्रशिक्षक भिल्डाका सहयोगीहरुले राजीनामा दिए भने अध्यक्ष लुइसको राजीनामा माग गर्दै ८१ जना खेलाडीले स्पेनका लागि नखेल्ने जनाएका छन् ।
तर अध्यक्ष लुइसले भने राजीनामा नदिने अडान लिएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भने लुइसलाई निलम्बन गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया