फुटबल

यू–१६ साफ च्याम्पियनसिप : समूह चरणबाटै बाहिरियो नेपाल

इकागज |
भदौ २०, २०८० बुधबार २०:११ बजे

काठमाडौँ- नेपाल भुटानमा जारी यू–१६ साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणका दुवै खेलमा पराजित हुँदै नेपाल च्याम्पियनसिपबाट बाहिरिएको हो । 

समुह 'ए' मा रहेको नेपाल दोस्रो खेलमा भारतसँग १–० गोलले पराजित भएको हो । भारतलाई जित दिलाउन मोहम्मद अर्बासले निर्णायक गोल गरेका हुन् । नेपालविरुद्ध खेलको ३३ औं मिनेटमा मोहम्मद अर्बासले गोल गरेका हुन् ।


नेपाल आफ्नो पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । सोमबार भएको खेलमा नेपाल बंगलादेशसँग १–० गोलले पराजित भएको थियो ।


Author

थप समाचार
x