फुटबल

२६ वर्षसम्म राष्ट्रिय टिमबाट खेलेका लिमाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

इकागज |
भदौ २७, २०८० बुधबार १५:४४ बजे

काठमाडौँ- राष्ट्रिय टिमबाट २६ वर्ष खेलेपछि एन्डोराका कप्तान इल्डेफोन्स लिमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

लिमाले एन्डोराका लागि १ सय ३७ खेल खेल्दै सन्यासको घोषणा गरेका बीबीसीले जनाएको छ ।


सन् १९९७ मा १७ वर्षकै उमेरमा इस्टोनियाविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका लिमाले मंगलबार राति स्विट्जरल्यान्डविरुद्ध अन्तिम खेल खेलेका हुन् ।

लिमाले डेब्यू गरेको खेलमा एन्डोराले इस्टोनियासँग ४-१ गोलको पराजय भोगेको थियो भने उनको अन्तिम खेलमा स्विट्जरल्यान्डसँग ३-० ले पराजित भएको हो ।

स्विट्जरल्यान्डविरुद्धको खेलमा २३ मिनेटपछि मैदान बाहिरिएका लिमालाई स्विट्जरल्यान्ड र एन्डोराका खेलाडीहरुले ‘स्ट्यान्डिङ ओभिएसन’ दिएका थिए ।

सवैभन्दा बढी समय अन्तर्राष्ट्रिय फुटबल खेलेको भन्दै सन् २०२१ मा लिमाको नाम गिनिज वर्ल्ड रेकर्ड्समा लेखिएको थियो ।

लिमा एक दशकअघि केवल ७९ हजार जनसंख्या भएको एन्डोराको राष्ट्रिय टिमको कप्तान बनेका थिए ।


Author

थप समाचार
x