फुटबल

अस्ट्रेलियाविरुद्धको सुरुवाती दुई एकदिवसीयका लागि रोहित र विराट किन टिम बाहिर ?

इकागज |
असोज २, २०८० मंगलबार ९:१२ बजे

काठमाडौँ- पाहुना टोली अस्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजका लागि भारतले दुई टिमको घोषणा गरेको छ ।

शुक्रबारबाट सुरु हुने सिरिजको सुरुवाती २ खेलका लागि केएल राहुललाई कप्तान तथा रविन्द्र जडेजालाई उपकप्तान बनाइएको छ ।


सुरुवाती दुई खेलका लागि कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीलाई समेटिएको छैन ।

रोहित र विराटलाई सेप्टेम्बर २७ मा हुने तेस्रो तथा अन्तिम खेलका लागि घोषणा गरिएको टिममा मात्र राखिएको छ ।

हार्दिक पाण्ड्या र कुलदिप यादव पनि सुरुवाती दुई खेलका लागि टिममा अटाएका छैनन् ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) मुख्य छनोटकर्ता अजित अगरकरले जनाएअनुसार कप्तान रोहितले विदा लिँदा विराटसहित अन्य खेलाडीलाई विश्राम दिइएको हो ।

एसिया कप खेलिसकेपछि विश्वकप अघि उनीहरुलाई मानसिक रुपमा विश्रामको आवश्यकता रहेका कारण सुरुवाती दुई खेलका लागि टिममा नसमेटिएको अगरकरले जनाए ।


Author

थप समाचार
x