एसियन गेम्सः महिला फुटबलमा नेपाल पराजित
काठमाडौँ- चीनको हान्झाउमा जारी १९ औँ एसियन गेम्सअन्तर्गत महिला फुटबलमा नेपाल पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको पहिलो खेलमै नेपालले भियतनामसँग नेपालले पराजय भोगेको हो ।
भियतनामले नेपाललाई २-० गोलअन्तरले पराजित गरेको हो । यस खेलसँगै एसियन गेम्समा नेपाली महिला टिमले डेब्यू गरेको हो ।
भियतनामको जितमा थी बिच थुए गुएन र कप्तान हाइ येन फामले एक-एक गोल गरे ।
फामले ५३ औँ मिनेटमा भियतनामलाई अग्रता दिलाइन् भने गुएनले ६४ औँ मिनेटमा भियतनामका लागि दोस्रो गोल गरिन् ।
नेपालले दोस्रो खेल जापानसँग आउँदो सोमबार खेल्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया