फुटबल

एनएसएलका लागि लकेन, सनिश, दिनेश र सीमान्त सर्वाधिक महंगा खेलाडी

इकागज |
असोज १३, २०८० शनिबार १५:३९ बजे

काठमाडौँ-  दोस्रव संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि चार खेलाडी सर्वाधिक मूल्यमा बिक्री भएका छन् ।

अक्सनका लागि समूह ‘ए’ रहेका चार खेलाडीलाई एनएसएलका टिमले सर्वाधिक ३ लाख ५० हजारमा खरिद गरेका हुन् ।


नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड लकेन लिम्बुलाई झापा एफसीले ३ लाख ५० हजार रुपैयाँमा अनुबन्ध गर्‍यो ।

यता डिफेन्डर सनिश श्रेष्ठलाई ललितपुर एफसीले ३ लाख ५० हजारमा खरिद गर्‍यो । ललितपुरले नै फरवार्ड दिनेश हेन्जनलाई ३ लाख ५० हजार रुपैयाँमा भित्र्यायो ।

राष्ट्रिय टिमका डिफेन्डर सिमान्त थापालाई भने ३ लाख ५० हजार रुपैयाँमा वीरगन्ज एफसीमा अनुबन्ध गर्‍यो ।

एनएसएलको दोस्रो संस्करण नोभेम्बर २४ देखि डिसेम्बर ३० सम्म आयोजना हुने तालिका रहेको छ ।

एनएसएलमा साविक विजेता काठमाडौं रेजर्स, साविक उपविजेता धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, एफसी चितवन, बुटवल लुम्बिनी एफसी, झापा एफसी, स्पोर्टिङ इलाम डे मेसी र वीरगञ्ज युनाइटेड गरी ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।


Author

थप समाचार
x