फुटबल

च्याम्पियन्स लिगः म्यानचेस्टर युनाइटेड र आर्सनल पराजित

इकागज |
असोज १७, २०८० बुधबार ९:३७ बजे

काठमाडौँ- यूइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल पराजित भएका छन् ।

समूह ‘ए’ अन्तर्गत मंगलबार राति भएको खेलमा युनाइटेडले टर्किस क्लब गालातासारेसँग ३-२ को पराजय भोगेको हो ।


च्याम्पियन्स लिगको युनाइटेडको यो लगातार दोस्रो पराजय हो । यसअघि जर्मन क्लब बायर्न म्युनिखले युनाइटेडलाई पराजित गरेको थियो ।

मंगलबार राति गालातासारेलाई जित दिलाउन विल्फ्राइड जाहा, मुहम्मद केरेम र माउरो इकार्डीले एक-एक गोल गरे । युनाइटेडका लागि दुवै गोल रासमस होजलन्डले गरे ।

अर्कोतर्फ समूह ‘बी’ मा रहेको आर्सनलले फ्रेन्च क्लब लेन्ससँग २-१ गोलअन्तरको पराजय भोग्यो । लेन्सको जितमा एड्रियन थोमासोन र इली वाहीले एक-एक गोल गरे । आर्सनलका लागि गाब्रिएल जेससले एक गोल फर्काए ।


Author

थप समाचार
x