फुटबल

फुटबल विश्वकप छनोट खेल्ने नेपाली टिमको घोषणा

इकागज |
असोज २४, २०८० बुधबार १६:४१ बजे

काठमाडौँ– फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत लाओसविरुद्ध हुने खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । बुधबार नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अलवर्टो ऐनिसले बुधबार २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । 

नेपाली फुटबल टिममा टिममा किरण लिम्बु, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, अनन्त तामाङ, आसिस गुरुङ, रोहित चन्द, अन्जन राई समावेश छन् ।


यस्तै आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आभास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, गिलेस्पेजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट  पनि २३ सदस्य टिममा छन् ।

नेपालले  पहिलाे खेल दशरथ रंगशालामा लाओससँग खेल्ने छ । दोस्रो खेल भने नेपालले लाओससँग होम एन्ड अवे पद्धति अनुसार लाओसमै खेल्नेछ । 


Author

थप समाचार
x