फुटबल

विश्वकप छनोटः अर्जेन्टिनाले जित्दा ब्राजिल बराबरीमा

इकागज |
असोज २६, २०८० शुक्रबार ९:१४ बजे

काठमाडौँ- फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटअन्तर्गत अर्जेन्टिनाले जित हात पार्दा ब्राजिलले अंक बाँडेको छ ।

शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० गोलअन्तरले पराजित गरेको हो । अर्जेन्टिनालाई जित दिलाउन निकोलास ओटामेन्डीले निर्णायक गोल गरे ।


विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाको यो लगातार तेस्रो जित हो ।

यता अघिल्ला दुवै खेल जितेको ब्राजिलले भने तेस्रो खेलमा भेनेजुएलासँग १-१ गोलको बराबरी खेलेको छ ।

गाब्रिएल मागाल्हाएसले ५० औँ मिनेटमा ब्राजिललाई अग्रता दिलाए पनि इडुआर्ड बेलोले ८५ औँ मिनेटमा भेनेजुएलाका लागि बराबरी गोल गरे ।


Author

थप समाचार
x