मैत्रीपूर्ण फुटबलः इंग्ल्यान्ड, दक्षिण कोरिया र जापान विजयी
काठमाडौँ- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा इंग्ल्यान्ड, जापान र दक्षिण कोरिया विजयी भएका छन् ।
शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले अस्ट्रेलियालाई १-० गोलले पराजित गर्यो । इंग्ल्यान्डको जितमा ओली वाटकिन्सले निर्णायक गोल गरे ।
यता जापानले क्यानाडामाथि ४-१ गोलअन्तरको जित हात पार्यो । जापानको जितमा आओ टानाकाले २ तथा केइटो नाकामुराले एक गोल गरे । क्यानाडाका अल्फोन्सो डेभिजले एक आत्मघाती गोल गरे ।
क्यानाडाका लागि जुनियर होइलेटले एक गोल फर्काए ।
दक्षिण कोरियाले भने ट्यूनिसियालाई ४-० स्तब्ध पार्यो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया