फुटबल

केनले ह्याट्रिक गर्दा बायर्नले डार्मस्टाडलाई ८ गोलले हरायो

इकागज |
कात्तिक १२, २०८० आइतबार १०:५८ बजे

काठमाडौँ- ह्यारी केनले ह्याट्रिक पूरा गर्दा जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले डार्मस्टाड ९८ लाई ८-० गोलअन्तरले पराजित गरेको हो ।


बायर्नको जितमा केनले ह्याट्रिक पूरा गर्दा लेरोय साने र जमाल मुसियालाले समान २-२ गोल र थोमस मुलरले एक गोल गरे ।

जितसँगै ९ खेलबाट २३ अंक जोडेको बायर्न शीर्ष स्थानमा उक्लिएको छ । यता ८ खेलबाट २२ अंक जोडेको लेभरकुसेन भने दोस्रो स्थानमा झरेको छ ।


Author

थप समाचार
x