मेस्सीले किन आठौँपटक जिते बालोन डी’ओर ?
तस्बिर: फ्रान्स फुटबल
काठमाडौँ- अर्जेन्टिना राष्ट्रिय फुटबल टिमका कप्तान लियोनल मेस्सीले कीर्तिमानी आठौँपटक बालोन डी’ओर जितेका छन् ।
फ्रान्सको राजधानी पेरिसमा सोमबार राति सम्पन्न समारोहका बीच अमेरिकी क्लब इन्टर मियामीका ३६ वर्षीय फरवार्ड मेस्सीले आठौँपटक बालोन डी’ओर प्राप्त गरेको बीबीसीले जनाएको छ ।
नर्वे तथा इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालान्डलाई पछि पार्दै मेस्सीले सो अवार्ड हात पारेका हुन् ।
खासमा गत वर्ष कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जित्दा मेस्सीले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले विश्वकपमा सात गोल गरेका थिए ।
अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टीमार्फत ४-२ गोलले हराउँदै उपाधि जितेको थियो ।
विश्वकपमै फ्रान्सका लागि आठ गोल गरेका कायलियन एमबाप्पे भने मेस्सी भन्दा पछि परे ।
अवार्डका लागि मेस्सी भन्दा एक स्थानमात्र तल रहेका हालान्डले भने म्यानचेस्टर सिटीले गत सिजन ‘ट्रेबल’ अर्थात इंग्लिस प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनले सिटीका लागि सबै प्रतियोगितामा गरी ५२ गोल गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया