सर्बियन गोलरक्षक स्टेफन झापा एफसीमा अनुबन्ध
काठमाडौँ- दोश्रो संस्करणको नेपाल सुपर लिग फुटबलका लागि झापा एफसीले सर्बियन गोलरक्षक अनुबन्ध गरेको छ ।
झापा एफसीले विदेशी खेलाडीको रुपमा सर्बियन गोलरक्षक स्टेफन कुपिजलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएको हो ।
सर्बियाको यू-१७, यू-१९, यू-२१ तथा यू-२३ राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका स्टेफनले सर्बियन सुपर लिगा, अर्मेनियन प्रिमियर लिग खेलिसकेका छन् ।
झापा एफसीसँग जोडिन पाउँदा निकै खुशी लागेको तथा यसलाई आफूले चुनौतीको रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।
झापा एफसीका प्रवक्ता तथा महासचिव सुजन गौतमले लामो समय युरोपियन फुटबल खेलेका स्टेफनको अनुभव टिमका लागि महत्वपूर्ण हुने बताए ।
झापा एफसीले मुख्य प्रशिक्षकको रुपमा स्पेनका ओरिओल मोहेडानो सेगुरालाई नियुक्त गरिसकेको छ ।
एनएसएलको दोश्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौँको दशरथ रंगशालामा आयोजना हुँदैछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया