म्यानचेस्टर सिटीमाथि कारबाही
काठमाडौँ- इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटी कारबाहीमा परेको छ ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति सम्पन्न म्यानचेस्टर सिटी र टोटेनहमको खेलपछि खेलाडीले रेफ्रीको आलोचना गरेपछि सिटीलाई कारबाही गरिएको बीबीसीले जनाएको छ ।
सिटी र टोटेनहमबीच भएको खेल ३-३ गोलको बराबरीमा रोकिएपछि खेलाडीहरूलाई नियन्त्रणमा राख्न नसकेको इंग्ल्यान्डको फुटबल एसोसियसनले जनाएको छ ।
उक्त खेलपछि सिटीका नर्वेजियन फरवार्ड अर्लिङ हालान्डले रेफ्रीकी आलोचना गरेका थिए । हालान्डमाथि कुनै कारबाही भने नहुने बीबीसीले उल्लेख गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया