चेल्सीको पोस्टमा एभर्टनको दुई गोल
काठमाडौँ- इङ्लिस प्रिमियर लिगअन्तर्गत एभर्टनले चेल्सीलाई पराजित गरेको छ ।
गएराति भएको खेलमा एभर्टनले चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
एभर्टनको जितमा अब्दुलाये डुकोरे र लुईस डोबिनले एक-एक गोल गरेका थिए ।
यो जितपछि एभर्टनको १६ खेलमा १३ अंक भएको छ र लिगमा १७ औँ स्थानमा छ । यस सिजनमा एभर्टनमाथि १० अंकको कारबाही भएका कारण अंक तालिकामा पछाडि रहेको छ ।
त्यस्तै चेल्सीको भने यस सिजनमा यो सातौँ हार हो । १६ खेलमा १९ अंक रहेको चेल्सी १२ औँ स्थानमा रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया