फिफा क्लब विश्वकपअघि नै हालान्ड स्वस्थ हुनेमा म्यानचेस्टर सिटी आशावादी
काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप गुआर्डियोलाले आफ्ना स्ट्राइकर अर्लिङ हालान्ड फिफा क्लब विश्वकपको पहिलो खेलअघि नै स्वस्थ हुने विश्वास व्यक्त गरेका छन् ।
क्लब विश्वकपअन्तर्गत सिटीले डिसेम्बर १९ मा पहिलो खेलको रुपमा सेमिफाइनल खेल्ने तालिका रहेको छ । उसको प्रतिद्वन्द्वी भने टुंगो लागेको छैन ।
यता आइतबार राति सिटीले इंग्लिस प्रिमियर लिगमा लुटोन टाउनलाई २-१ गोलअन्तरले पराजित गर्दा खुट्टाको समस्याका कारण हालान्डले उक्त खेल गुमाउन पुगे ।
तर प्रशिक्षक गुआर्डियोलाले भने हालान्ड क्लब विश्वकपअघि 'फिट' हुने बताए । हालान्डले जारी सिजनमा सबै प्रतियोगितामा गरी सिटीका लागि १९ गोल गरिसकेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया