फुटबल

जब विजेताको टुंगो लगाउन ३४ पटक पेनाल्टी हानियो…

इकागज |
पुस १०, २०८० मंगलबार १६:११ बजे

काठमाडौँ- इजिप्टियन सुपर कप फुटबल प्रतियोगिताअन्तर्गत एक खेलमा विजेता टुंगो लगाउन ३४ पटक पेनाल्टी प्रहार गरिएको छ ।

इजिप्टियन सुपर कपअन्तर्गत मोडर्न फ्यूचर र पिरामिड्स १४१३ क्लबबीचको सेमिफाइनल विजेता टुंगो लगाउन ३४ पटक पेनाल्टी प्रहार गरिएको रोयटर्सले जनाएको छ ।


अबुधावीको मोहम्मद बिन जायद स्टेडियममा सोमबार भएको सेमिफाइनल खेलको निर्धारित समयमा दुवै टोली गोलरहित बराबरी खेलेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको थियो ।

अन्तिममा मोडर्न फ्यूचरले पिरामिड्सलाई पराजित गर्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो ।

पिरामिड्सका डिफेन्डर ओसामा गलालले पेनाल्टीमा निर्णायकसँगै दुईपटक गोल गर्नबाट चुके ।

यसअघि सन् २००५ मा नामिबियन कपअन्तर्गत केके प्यालेस र सिभिक्सबीचको विजेता टुंगो लगाउन ४८ पटक पेनाल्टी प्रहार गरिएको थियो ।


Author

थप समाचार
x