फुटबल

ललितपुर एनएसएल च्याम्पियन

इकागज |
पुस १४, २०८० शनिबार १९:४७ बजे

काठमाडौँ- ललितपुर सिटी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ । शनिबार साँझ दशरथ रंगशालामा भएको फाइनलमा  खेलमा धनगढी एफसीलाई ३-२ गोलअन्तरले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।

अफिज वलावालेले ३८ औँ मिनेटमा गोल गर्दै धनगढीलाई अग्रता दिलाए । तर, त्यसपछि ललितपुरका इमोह इजेकिलले पहिलो हाफको इन्जुरी समयमा बराबरी गोल गरे ।


५० औँ मिनेटमा दिनेश हेम्जनले गोल गर्दै ललितपुरलाई २-१ को अग्रता दिलाए । ५८ औँ मिनेटमा इमोहले व्यक्तिगत दोस्रो गोल गरेपछि ललितपुरले ३-१ को अग्रता बनायो । 

दोस्रो हाफको इन्जुरी समयमा अहमद हिजाजीले धनगढीका लागि गोल फर्काए पनि पर्याप्त भएन ।


Author

थप समाचार
x