फुलह्यामसँग हार्यो आर्सनल
काठमाडौँ- इङलिस प्रिमियर लिग अन्तर्गत फुलह्यामले आर्सनललाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा फुलह्यामले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
फुलह्यामको जितका लागि खेलको २९औँ मिनेटमा राउल जिमेनेज र खेलको ५९औँ मिनेटमा बबी डे कोर्ड़ोभाले गोल गरेका थिए ।
यसअघि खेलको पाँचौँ मिनेटमा बुकायो साकाले आर्सनलका लागि शुरुवाती गोल गरेका थिए ।
यो फुलह्यामको यस सिजनमा सातौँ जित हो । यो जितपछि २० खेलमा २४ अंकसहित फुलह्याम अंक तालिकामा १३औँ स्थानमा रहेको छ ।
त्यस्तै आर्सनलको भने यो यस सिजनमा चौथोँ हार हो । यो हारपछि आर्सनलको २० खेलमा ४० अंक रहेको छ र लिगमा चौथोँ स्थानमा रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया