फुटबल

विश्वकप फुटबल २०२६ : उद्‌घाटन खेल र समारोह मेक्सिकोमा, फाइनल अमेरिकामा

इकागज |
माघ २२, २०८० सोमबार ७:६ बजे

काठमाडौँ- विश्वकप फुटबल २०२६ को उद्‌घाटन समारोह र पहिलो खेल मेक्सिकोले गर्ने भएको छ । 

फिफाले गएराति घोषणा गरेअनुसार विश्वकप २०२६ को उद्‌घाटन खेल मेक्सिकोले गर्ने भएको हो । 


जसअनुसारमेक्सिको सिटीको स्टाडियो एज्टेका नामक स्टेडियममा सो उद्‌घाटन समारोह र पहिलो खेल हुनेछ । विश्नकपको उद्‌घाटन खेल जुन ११ मा हुनेछ ।

अर्जेन्टिनाका स्ट्राइकर डिएगो म्याराडोनाले सन् १९८६ को क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध गरेको ‘ह्यान्ड अफ गड’ गोल यही स्टेडियम एज्टेकामा गरेका थिए, जसको दर्शक क्षमता ८३ हजार रहेको छ ।

मेक्सिकोले सन् १९७० र १९८६ सहित यसअघि दुई वटा विश्वकप आयोजना गरिसकेको छ । सन २०२६ मा उसले तेस्रो पटक विश्वकपको आयोजना गर्न लागेको हो ।

त्यस्तै विश्वकपको फाइनल खेल अमेरिकामा हुने भएको छ । फिफाका अनुसार न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा सो फाइनल खेल हुनेछ । जस अनुसार सो खेल जुलाई १९ मा आयोजना हुनेछ ।

अमेरिकाले आफ्नो देशमा पहिलो खेल भने जुन १२ मा नै गर्नेछ, जुन खेल लस एन्जलसको सोफाई स्टेडियममा हुनेछ । तर, यसमा उद्‌घाटनका कुनै कार्यक्रम भने नहुने जनाएको छ । 

सन २०२६ को विश्वकपको आयोजना अमेरिकासहित तीन देशले गर्दैछन् । जसअनुसार क्यानडा र मेक्सिको थप आयोजकको रुपमा रहेका छन् ।

अमेरिकाले सन् १९९४ मा पहिलो पटक विश्वकप फुटबलको आयोजना गरेको थियो ।


Author

थप समाचार
x