फुटबल

मैत्रीपूर्ण फुटबलमा चिनियाँ टोलीमाथि नेपालको जित

इकागज |
माघ २७, २०८० शनिबार १८:४० बजे

काठमाडौँ- चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगीतामा नेपालले चिनियाँ युवा टोलीलाई पराजित गरेको छ ।

दशरथ रंगशालमा शनिबार भएको खेलमा नेपालले चीनको चिङ्घाइ फुटबल क्लबको युवा टोलीलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।


नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो । 


Author

थप समाचार
x