फुटबल

ब्राजिलको फुटबल टिम ओलम्पिकमा छनोट हुन असफल

इकागज |
माघ २९, २०८० सोमबार ११:१८ बजे

काठमाडौँ- ब्राजिलको यू-२३ फुटबल टिम पेरिस ओलम्पिकका लागि छनोट हुन असफल भएको छ ।

साविक विजेता समेत रहेको ब्राजिलले सोमबार बिहान भएको निर्णायक खेलमा अर्जेन्टिनासँग १-० गोलको पराजय भोगेपछि यसै वर्ष हुने ओलम्पिकका लागि छनोट हुन नसकेको हो ।


ब्राजिल सन् २००४ पछि पहिलोपटक ओलम्पिकको फुटबलका लागि छनोट हुन नसकेको हो ।

ब्राजिलमाथि अर्जेन्टिनलाई जित दिलाउन लुसियानो गोन्डोउले ७७ औँ मिनेटमा निर्णायक गोल गरे ।

यससँगै अर्जेन्टिना भने ओलम्पिकका लागि छनोट भएको छ ।


Author

थप समाचार
x