प्रिमियर लिगः लिभरपुल र आर्सनलले जित्दा म्यानचेस्टर सिटीले अंक बाड्यो
काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत लिभरपुल र आर्सनलले शानदार जित हात पार्दा म्यानचेस्टर सिटीले अंक बाडेको छ ।
शनिबार राति सम्पन्न खेलमा शीर्ष स्थानको लिभरपुलले ब्रेन्टफोर्डलाई ४-१ गोलअन्तरले पराजित गर्यो ।
लिभरपुलको जितमा डार्विन नुनेज, अलेक्सिस म्याक अलिस्टर, मोहमद सालाह र कोडी गाक्पोले एक-एक गोल गरे । ब्रेन्टफोर्डका लागि इभान टोनीले एक गोल फर्काए ।
जितसँगै लिभरपुलले २५ खेलबाट ५७ अंक जोडेको छ ।
यता आर्सनलले भने बर्नलीमाथि ५-० गोलअन्तरको जित दर्ता गर्यो । आर्सनलको जितमा मार्टिन ओडेगार्ड, बुकायो साका, लियान्द्रो ट्रोसार्ड र काइ हाभार्जले एक-एक गोल गरे ।
दोस्रो स्थानमा उक्लिएको आर्सनलले २५ खेलबाट ५५ अंक हात पारेको छ ।
अर्को खेलमा भने साविक विजेता म्यानचेस्टर सिटीले चेल्सीसँग १-१ गोलको बराबरी खेल्यो । रहिम स्टिरलिङले ४२ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएपनि सिटीका रोड्रीले ८३ औँ मिनेटमा बराबरी गोल गरे ।
तेस्रो स्थानमा झरेको सिटीको २४ खेलमा ५३ अंक छ । यता चेल्सी भने ३५ अंकसहित १० औँ स्थानमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया