साफ यू-१६ महिला फुटबल च्याम्पियनसीप
भारतलाई हराउँदै बंगलादेश फाइनलमा, नेपालले पनि भारतलाई जित्नुपर्ने
काठमाडौँ- बंगलादेशले एक खेलअगावै नेपालमा जारी साफ यू-१६ महिला फुटबल च्याम्पियनसीपको फाइनलमा स्थान सुरक्षित गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा भारतलाई ३-१ गोलअन्तरले पराजित गर्दै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
बंगलादेशको जितमा अल्पी अक्तर, प्रिति र अर्पिताले एक-एक गोल गरे । भारतका लागि अनुष्का कुमारीले एक गोल फर्काइन् ।
यससँगै पहिलो खेलमा नेपाललाई २-० ले पराजित गरेको बंगलादेशले ६ अंक जोडेको छ । चार टिम सहभागी भएको प्रतियोगितामा नेपाल र भारतले दुईमध्ये समान एक-एक खेलमा जित हात पारेका छन् ।
भुटानले भने दुवै खेलमा पराजय भोगेको छ । भुटानले भने अब बंगलादेशको सामना गर्दा नेपालले भारतविरुद्ध खेल्नेछ ।
गोलअन्तरमा भारतमाथि भएका कारण फाइनल पुग्न नेपालले बिहीबार भारतलाई पराजित गर्नुपर्नेछ ।
भारतले भुटानलाई ७-० तथा नेपालले भुटानलाई ३-० गोलअन्तरले पराजित गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया