साफ यू-१६ महिला फुटबल : जित्नैपर्ने दबाबमा रहेको नेपालले भारतसँग खेल्दै
काठमाडौँ- जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दैछ । ललितपुरस्थित च्यासल मैदानमा हुने यो खेल दिउँसो ३ बजेदेखि शुरु हुने छ।
जारी प्रतियोगितामा बंगालदेशले खेलेका २ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित तेस्रो स्थानमा रहेको छ। त्यसैगरी भुटानले भने २ खेलमा दुवै खेलमा हार व्यहोरेर अंकविहीन रहेको छ।
अब नेपालले फाइनलमा पुग्न भारतविरुद्धको यो खेल जित्नैपर्ने अवस्थामा रहेको छ । यस खेलमा जित बाहेक अन्य नतिजाले नेपाल प्रतियोगिताबाट बाहिर हुनेछ।
नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २-० गोलले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो। त्यस्तै भारतले पहिलो खेलमा भुटानलाई ७-० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले हार व्यहोरेको थियो ।
प्रतियोगितामा अब शुक्रबार बंगलादेश र भुटान खेल्ने छन् भने त्यसपछि शीर्ष स्थानमा रहेका दुई देशले आइतबार फाइनल खेल्नेछन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया