फुटबल

प्रागको पोस्टमा लिभरपुलको पाँच गोल

इकागज |
फागुन २५, २०८० शुक्रबार ८:१३ बजे

काठमाडौँ- लिभरपुलले युइएफए युरोपा लिगको राउण्ड १६ को पहिलो लिगमा स्पार्टा प्रागमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलले स्पार्टा प्रागलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।


लिभरपुलको जितमा डर्विन नुनेजले २ गोल गरेका थिए भने एलेक्स म्याक एलिक्टर, लुइस डिआज र डोमिनिक स्चोबोजलाइले एक गक गोल गरेका थिए ।

त्यसैगरी स्पार्टा प्रागका लागि लिभरपुलका कनर ब्राड्लीले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि लिभरपुलले पहिलो लिगमा ५-१ को अग्रता लिएको छ र अब दोस्रो लिग मार्च १५ मा हुने छ ।


Author

थप समाचार
x