Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

फुटबल

म्यानचेस्टर सिटी र टोटेनहमबीचको बहुप्रतिक्षित खेल आज राति

इकागज |
जेठ १, २०८१ मंगलबार १६:३६ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गतको साबिक विजेता म्यानचेस्टर सिटी र टोटेनहमबीचको खेल आज राति हुँदैछ ।

म्यानचेस्टर सिटी र टोटेनहमबीचको बहुप्रतिक्षित खेल टोटेनहम हटस्पर स्टेडियममा नेपाली समयअनुसार राति १२:४५ बजेबाट सुरु हुने तालिका छ ।


उपाधि होडमा आफूलाई बलियो स्थानमा उभ्याउन म्यानचेस्टर सिटीले टोटेनहमलाई आज रातिको खेलमा पराजित गर्नुपर्ने हुन्छ ।

अहिलेको अवस्थामा ३७ खेल खेलेको आर्सनल ८६ अंकसहित शीर्ष स्थानमा छ । आर्सनलले एक खेल खेल्न बाँकी छ ।

यता ३६ खेलबाट ८५ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ । आज राति टोटेनहमलाई पराजित गर्न सकेको खण्डमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिनुका साथै आर्सनलमाथि २ अंकको अग्रता लिनेछ ।

यता ३६ खेलबाट ६३ अंक जोड्दै पाँचौँ स्थानमा रहेको टोटेनहम भने शीर्ष ४ को सम्भावना कायम राख्न चाहन्छ ।


Author

थप समाचार
x