फुटबल

युरोकप खेल्ने पोर्चुगलको टिम घोषणा, को-को अटाए ?

इकागज |
जेठ ९, २०८१ बुधबार ७:२० बजे

काठमाडौँ- पोर्चुगलले युरोकप २०२४ मा खेल्ने टिमको घोषणा गरिएको छ । आगामी जुन १४ देखि जुलाई १४ सम्म हुने युरोकप खेल्न पोर्चुगलले २६ सदस्यीय टिमको घोषणा गरेको हो ।

पोर्चुगलले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा टिमको घोषणा गरेको छ ।


पोर्चुगलको टिम : 
गोलकिपर: डिओगो कोस्टा, जोसे सा र पार्टिसियो  
डिफेन्डर: एन्टोनियो सिल्भा, डिओगो डालोट, गोन्कालो इनासियो, जोआओ क्यान्सेलो, नेल्सन सेमेडो, नुनो मेन्डेस, पेपे र रुबेन डायस ।
मिडफिल्डर: ब्रुनो फर्नान्डिस, जोआओ नेभेस, ड्यानिलो परेरा, जोआओ पाल्हिन्हा, ओटाभियो, रुबेन नेभ्स र विटिन्हा ।
फरवार्ड: क्रिस्टियानो रोनाल्डो, डिओगो जोटा, फ्रान्सिस्को कन्सेइकाओ, गोन्कालो रामोस, जोआओ फेलिक्स, पेड्रो नेटो र राफेयल लियो ।

युरोकपमा पोर्चुगल समुह 'एफ'मा रहेको छ । समुह 'एफ'मा पोर्चुगलसहित, टर्की, जर्जिया र चेक रिपब्लिक रहेका छन् । पोर्चुगलले युरोकपमा आफ्नो पहिलो खेल जुन १८ मा चेक रिपव्ब्लिकसँग खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x