फुटबल

भारतले कुवेतसँग बराबरी खेल्दा सुनिल क्षेत्रीको आँशु झर्‍यो

इकागज |
जेठ २५, २०८१ शुक्रबार ११:० बजे

काठमाडौँ- कप्तान सुनिल क्षेत्रको अन्तिम खेलमा भारतीय फुटबल टिमले कुवेतसँग बराबरी खेलेको छ ।

फिफा विश्वकपको एसिया क्षेत्रको दोस्रो चरणको छनोटअन्तर्गत भारतले कुवेतसँग गोलरहित बराबरी खेल्दा कप्तान सुनिलले आँशु झार्दै फुटबलबाट खेलाडीका रुपमा बिदा लिएका हुन् ।


घरेलु मैदानमा भएको खेलमा कुवेतसँग बराबरी खेलेसँगै भारतको तेस्रो चरणमा स्थान बनाउने सम्भावना पनि कमजोर बनेको छ ।

खासमा कुवेतविरुद्धको खेल भारतीय कप्तान सुनिलका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल पनि थियो । अन्तिम खेलमा अपेक्षाकृत नतिजा नआएसँगै सुनिलले आँखाबाट आँशु झार्दै आफ्ना समर्थकसँग बिदा लिएका इएसपीएनले जनाएको हो ।

सुनिलको अन्तिम अन्तर्राष्ट्रिय खेलमा स्टेडियम समर्थकले भरिएको थियो । तर उक्त खेल भारतको पक्षमा हुन सकेन ।

सुनिलले भारतका लागि १ सय ५१ खेल खेल्दै ९४ गोल समेत गर्न सफल भएका छन् ।


Author

थप समाचार
x