फुटबल

मारियाको गोलमा अर्जेन्टिना विजयी

इकागज |
जेठ २८, २०८१ सोमबार ९:१३ बजे

काठमाडौँ- अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा इक्वेडरलाई पराजित गरेको छ ।

सोमबार बिहान समन् खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा खेलको ४०औं मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । 


अब अर्जेन्टिनाले अर्को खेल जुन १५ मा ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x