फुटबल

इन्जुरी समयको त्यो गोल : बराबरीमा रोकियो नेपाल

इकागज |
जेठ ३०, २०८१ बुधबार ६:५३ बजे

काठमाडौँ- फिफा विश्वकप छनोट-२०२६ र एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले यमनसँग बराबरी खेलेको छ । इन्जुरी समयमा गोल खाएपछि नेपाल यमनसँग बराबरी खेल्न बाध्य भएको हो ।

मंगलबार राति साउदी अरबमा भएको खेल २–२ को बराबरी भएको हो ।


पेनाल्टीमार्फत नवौँ मिनेटमा यमनका अल–घवासीले पहिलो गोल गरेका थिए । यता नेपालका सञ्जिव विष्ट २२ औं मिनेटमा गोल फर्काएका थिए ।

त्यस्तै ६६ औँ मिनेटमा नेपालका जंग कार्कीले गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । तर ९१ औँ मिनेटमा यमनका मोहम्मद अल दाहीले गोल फर्काएपछि बराबरी हुन पुगेको थियो ।

त्यसैगरी नेपाली टोलीका कप्तान किरण चेम्जोङले नेपाली राष्ट्रिय टोलीका लागि १ सयौँ खेल पूरा गरेका छन् । खेलअघि किरणलाई १ सय नम्बर लेखिएको जर्सी प्रदान गरिएको थियो ।


Author

थप समाचार
x