फुटबल

यूरो कपः आयोजक जर्मनीको शानदार सुरुवात

इकागज |
असार १, २०८१ शनिबार २:५२ बजे

काठमाडौः यूरो कप फुटबल प्रतियोगितामा आयोजक जर्मनीले शानदार सुरुवात गरेको छ ।

समूह 'ए' अन्तर्गत शनिबार बिहान भएको खेलमा जर्मनीले स्कटल्यान्डलाई ५-१ गोलले हराएको हो ।


जर्मनीको जितमा फ्लोरियन विर्ज, जमाल मुसिआला, काइ हाभार्ज, निकलास फुलक्रुक र इमरे कानले एक-एक गोल गरे ।

जर्मनीका एन्टोनियो रुडिगार्डले एक आत्मघाती गोल गरे ।

जर्मनीका फ्लोरियन विर्जले १० औँ, जमाल मुसिआलाले १९ औँ, काइ हाभार्जले पहिलो हाफको इन्जुरी समय, निकलास फुलक्रुकले ६८ औँ र इमरे कानले दोस्रो हाफको इन्जुरी समयमा एक-एक गोल गरे ।

जर्मनीका एन्टोनियो रुडिगार्डले ८७ औँ मिनेटमा एक आत्मघाती गोल गरेपछि स्कटल्यान्डले एक गोल उपहार पाएको थियो ।


Author

थप समाचार
x