फुटबल

यूरो कपः युक्रेनमाथि रोमानियाको शानदार जित

इकागज |
असार ३, २०८१ सोमबार २०:३८ बजे

काठमाडौ- जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत रोमानियाले शानदार सुरुवात गरेको छ ।

समूह 'ई' अन्तर्गत सोमबार राति भएको खेलमा युक्रेनलाई ३-० गोलअन्तरले पराजित गर्दै रोमानियाले विजयी सुरुवात गरेको हो ।


रोमानियाको जितमा निकोले स्टानसियु, राजभान मारिन र डेनिस ड्रागसले एक-एक गोल गरे ।

निकोलेले २९ औँ मिनेटमा गोल गर्दै रोमानियालाई सुरुवाती अग्रता दिलाए भने राजभानले ५३ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।

डेनिसले ५७ औँ मिनेटमा गोल गर्दै रोमानियालाई शानदार जित दिलाए ।


Author

थप समाचार
x