फुटबल

यूरो कपः अस्ट्रियामाथि फ्रान्सको कठिन जित

इकागज |
असार ४, २०८१ मंगलबार २:४३ बजे

काठमाडौ- जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत फ्रान्सले अस्ट्रियामाथि कठिन जित दर्ता गरेको छ ।

समूह 'डी' अन्तर्गत मंगलबार बिहान भएको खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोलअन्तरले पराजित गरेको हो ।


अस्ट्रियाका म्याक्सिमिलियन वुबरले आत्मघाती गोलसँगै फ्रान्सले जित दर्ता गर्‍यो । म्याक्सिमिलियनले खेलको ३८ औँ मिनेटमा आत्मघाती गोल गरेसँगै फ्रान्सले विजयी सुरुवात गर्‍यो ।

यसअघि सोमबार राति समूह 'ई' को खेलमा स्लोभाकियाले बेल्जियमलाई १-० ले पराजित गर्‍यो ।


Author

थप समाचार
x