फुटबल

इंग्लिस प्रिमियर लिग अगस्ट १६ बाट, पहिलो खेल युनाइटेड र फुलहमबीच

इकागज |
असार ४, २०८१ मंगलबार १६:३ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२४/२५ अगस्ट १६ तारिखबाट सुरु हुने भएको छ । मंगलबार सार्वजनिक भएको तालिका अनुसार प्रिमियर लिगको नयाँ सिजन अगस्ट १६ तारिखबाट सुरु हुने भएको बीबीसीले जनाएको हो ।

लिगको पहिलो खेल म्यानचेस्टर युनाइटेड र फुलहमबीच अगस्ट १६ तारिखमा हुने तालिका रहेको छ ।


अगस्ट १७ मा भने लिभरपुलले इप्सविच टाउन, आर्सनलले उल्भ्स, एभर्टनले ब्राइटन, न्यूकासलले साउथाम्पटन, नटिङ्घम फरेस्टले बर्नमाउथ तथा वेस्टहमले एस्टन भिल्लाको सामना गर्ने तय भएको छ ।

अगस्ट १८ मा क्रिस्टल प्यालेसले ब्रेन्टफोर्ड तथा साविक विजेता म्यानचेस्टर सिटीले चेल्सीको सामना गर्ने तालिका रहेको छ ।

लेस्टर सिटी र टोटेनहमबीचको खेल भने अगस्ट १९ तारिखमा हुने तय भएको छ ।


Author

थप समाचार
x