फुटबल

युरोकप : जर्जियालाई ३-१ ले हरायो टर्कीले

इकागज |
असार ५, २०८१ बुधबार ७:१७ बजे

काठमाडौँ- टर्कीले युरोकपमा विजयी शुरुवात गरेको छ । गएराति भएको खेलमा टर्कीले जर्जियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

टर्कीको जितमा मेर्ट मूलडुर, अर्दा गुलेर र मोहमद केरेमले एक एक गोल गरेका थिए । त्यस्तै जर्जियाका लागि जर्ज मिकाउटाडजेले एक गोल गरेका थिए ।


यो जितपछि टर्कीले समुह एफमा महत्वपूर्ण जित हासिल गरेको छ । अब जर्जियाले जुन २२ मा चेक रिपब्लिकसँग खेल्दै छ भने सोहि दिन टर्कीले पोर्चुगलको सामना गर्ने छ ।


Author

थप समाचार
x