फुटबल

इटालीलाई हराउँदै स्पेन युरोकपको नकआउट चरणमा

इकागज |
असार ७, २०८१ शुक्रबार ७:३५ बजे

काठमाडौँ- स्पेन जारी युरोकपको नकआउट चरणमा पुगेको छ । गएराति भएको समुह बी अन्तर्गतको खेलमा इटालीलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको नकआउट चरणमा पुगेको हो ।

स्पेनको जितमा खेलको ५५औं मिनेटमा इटालीका रिकार्डो कालाफिओरीले आत्मघाती गोल गरेका थिए । 


यो यस प्रतियोगितामा स्पेनको लगातार दोस्रो जित हो । २ खेलमा ६ अंक हासिल गरेको स्पेन समुह बी बाट नकआउट चरणमा छनौट भएको छ ।

त्यस्तै इटालीको भने २ खेलमा ३ अंक रहेको छ ।

अब स्पेनले अर्को खेल जुन २५ मा अल्बानियासँग खेल्ने छ भने इटालीले सोहि दिन क्रोएसियासँग खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x