फुटबल

यूरो कपः आज राति पनि ३ खेल, फ्रान्सले नेदरल्यान्ड्सको सामना गर्दै

इकागज |
असार ७, २०८१ शुक्रबार १७:१५ बजे

काठमाडौँ- जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत आज राति पनि ३ खेल हुने तालिका रहेको छ ।

पहिलो खेल स्लोभाकिया र युक्रेनबीच हुने तालिका रहेको छ । समूह 'ई' मा रहेका स्लोभाकिया र युक्रेनबीचको खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


यस समूहमा स्लोभाकियाले पहिलो खेल जितमा हात पार्दा युक्रेनले भने पहिलो खेलमा पराजय भोगेको थियो ।

दोस्रो खेल भने पोल्यान्ड र अस्ट्रियाबीच हुने तय भएको छ । समूह 'डी' मा रहेका पोल्यान्ड र अस्ट्रियाबीचको खेल राति ९:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।

पोल्यान्ड र अस्ट्रिया दुवैले आ-आफ्नो पहिलो खेलमा पराजय भोगिसकेका छन् ।

आज राति नै समूह 'डी' मा रहेका नेदरल्यान्ड्स र फ्रान्सबीचको खेल हुने तालिका रहेको छ । नेदरल्यान्ड्स र फ्रान्सबीचको खेल राति १२:४५ बजेबाट सुरु हुनेछ ।

नेदरल्यान्ड्स र फ्रान्सले दुवैले आ-आफ्नो पहिलो खेलमा जित हात पारेका थिए ।


Author

थप समाचार
x