फुटबल

फ्रान्स र नेदरल्याण्ड्‌स गोलरहित बराबरीमा रोकिए

इकागज |
असार ८, २०८१ शनिबार ७:२७ बजे

काठमाडौँ- फ्रान्स र नेदरल्याण्ड्‌स जारी युरोकपमा गोलरहित बराबरी खेलेका छन् । गएराती सम्पन्न समुह डी अन्तर्गतको खेलमा फ्रान्स र नेदरल्याण्ड्‌स गोल रहित बराबरी खेलेपछि एक एक अंक बाँडेका छन् ।

अघिल्लो खेलमा नाकमा चोट लागेका फ्रान्सका किलियन एम्बाप्पे भने यस खेलमा खेलेका थिएनन् ।


यो बराबरीपछि समुह डी मा नेदरल्याण्ड्‌सको २ खेलमा ४ अंक भएको छ र समुहमा शीर्ष स्थानमा छ भने फ्रान्सको पनि २ खेलमा ४ अंक नै रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।

अब फ्रान्सले समुह चरणको अन्तिम खेलमा जुन २५ मा पोल्याण्डसँग खेल्ने छ भने नेदरल्याण्ड्‌सले सोहि दिन अस्ट्रियासँग खेल्ने छ ।


Author

थप समाचार
x