फुटबल

यूरो कपः बेल्जियमले रोमानिया तथा पोर्चुगलले टर्किएको सामना गर्दै

इकागज |
असार ८, २०८१ शनिबार १७:४ बजे

काठमाडौँ- यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत आज राति ३ खेल हुने तालिका रहेको छ ।

पहिलो खेलमा जर्जियाले चेचियाको सामना गर्ने तालिका रहेको छ । समूह 'एफ' मा रहेका चेचिया र जर्जियाबीचको खेल नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


चेचिया र जर्जिया दुवैले यस अघि आ-आफ्नो खेलमा पराजय भोगिसकेका छन् । आजको खेलमा जित हात पार्ने टोलीले अघिल्लो चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाउनेछ ।

दोस्रो खेलमा भने पोर्चुगलले टर्किएको सामना गर्ने तय भएको छ । पोर्चुगल र टर्किएबीचको खेल नेपाली समयअनुसार राति ९:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।

पोर्चुगल र टर्किए दुवैले यसअघि आ-आफ्नो खेलमा जित हात पारेका कारण आज रातिको खेल जितेको खण्डमा अघिल्लो चरणको नजिक पुग्नेछ ।

तेस्रो खेल बेल्जियम र रोमानियाबीच हुनेछ । समूह 'ई' मा रहेका बेल्जियम र रोमानियाबीचको खेल नेपाली समयअनुसार राति १२:४५ बजेबाट सुरु हुने तालिका छ ।

यसअघि रोमानियाले पहिलो खेलमा जित हात पार्दा बेल्जियमले भने पहिलो खेल हार्न पुगेको थियो ।


Author

थप समाचार
x