फुटबल

रोमानियामाथि बेल्जियमको जित

इकागज |
असार ९, २०८१ आइतबार ८:११ बजे

काठमाडौँ - बेल्जियमले जारी युरोकपमा रोमानियालाई पराजित गरेको छ ।

गएराति सम्पन्न समूह इ अन्तर्गतको खेलमा बेल्जियमले रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको हो । बेल्जियमको जितमा योउरी टिएलेम्यान र केभिन डी ब्रुनेले एक एक गोल गरेका थिए ।


पहिलो खेलमा स्लोभाकियासँग १-० को हार बेहोरेको बेल्जियमले दोस्रो खेलमा जित हासिल गर्दै महत्वपूर्ण ३ अंक बटुलेको हो । यो जितपछि बेल्जियम समूह इ मा दोस्रो स्थानमा उक्लिएको छ भने रोमानिया २ खेलमा ३ अंकसहित नै शीर्ष स्थानमा छ ।

अब बेल्जियमले समूह चरणको अन्तिम खेलमा जुन २६ मा युक्रेनको सामना गर्ने छ भने रोमानियाले स्लोभाकियाको सामना गर्ने छ ।
  
  


Author

थप समाचार
x