यूरो कपः जर्मनीले स्विट्जरल्यान्ड र हंगेरीले स्कटल्यान्डको सामना गर्दै
काठमाडौँ- जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत आज राति दुई खेल हुने तालिका रहेको छ । दुवै खेल समूह 'ए' अन्तर्गतको हुँदैछ ।
समूह 'ए' मा रहेको आयोजक जर्मनीले स्विट्जरल्यान्डको सामना गर्दैछ । जर्मनी र स्विट्जरल्यान्डबीचको खेल नेपाली समयअनुसार राति १२:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।
अघिल्ला दुवै खेल जितेर अन्तिम १६ मा प्रवेश गरिसकेको जर्मनी समूह विजेताको रुपमा अघिल्लो चरण प्रवेश गर्न चाहन्छ ।
यता एक खेलमा जित हात पारेको तथा एक खेलमा बराबरी खेलेको स्विट्जरल्यान्ड पनि जर्मनीलाई पराजित गरेर अघिल्लो चरणमा प्रवेश गर्न चाहन्छ ।
अर्को खेल भने यसै समूहमा रहेका स्कटल्यान्ड र हंगेरीबीच हुने तालिका रहेको छ । यो खेल पनि नेपाली समयअनुसार राति १२:४५ बजेबाट सुरु हुने तालिका छ ।
एक खेलमा पराजय भोग्नुका साथै एक खेलमा बराबरीको नतिजा निकालेको स्कटल्यान्ड भने हंगेरीलाई पराजित गरेर अघिल्लो चरणको यात्रा तय गर्न चाहन्छ । हंगेरीले भने अघिल्ला दुवै खेलमा पराजय भोगिसकेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया