फुटबल

कोपा अमेरिका: भोलि अमेरिकाले बोलिभिया र उरुग्वेले पानामाविरुद्ध खेल्दै

इकागज |
असार ९, २०८१ आइतबार १७:२९ बजे

काठमाडौँ- अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत भोलि बिहान दुई खेल हुँदैछन् । दुवै खेल समूह 'सी' अन्तर्गतका हुने तालिका रहेको छ ।

पहिलो खेलमा आयोजक अमेरिकाले बोलिभियाको सामना गर्दैछ । अमेरिका र बोलिभियाबीचको खेल नेपाली समयअनुसार भोलि बिहान ३:४५ बजेबाट सुरु हुने तालिका छ ।


दोस्रो खेल भने उरुग्वे र पानामाबीच हुने तय भएको छ । उरुग्वे र पानामाबीचको खेल नेपाली समयअनुसार भोलि बिहान ६:४५ बजेबाट सुरु हुँदैछ ।


Author

थप समाचार
x